काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलका लागि अभ्यासमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज थाइल्याण्डको क्लब चोनबरीसँग प्रतिस्पर्धा गर्दैछ।
थाइल्याण्ड भ्रमणमा रहेको नेपाली टालीले नेपाली समय अनुसार साँझ पौने ६ बजे स्थानीय क्लब चोनबरीसँग उसको घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
नेपालले यसअघि थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा नेपाल २–० ले पराजित भएको थियो। एसियन कप छनोटमा नेपाल समूह ए मा छ। नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन्।
नेपाल रहेको समूहका छनोट खेल जुन ८ देखि १४ सम्म कुवेतमा हुनेछन्।