युक्रेनको युद्धले बिगार्दै छ यमनमा जारी मानवीय सङ्कट

अहिले विश्वव्यापी ध्यान युक्रेनमा छ। तर विश्वको सबैभन्दा खराब मानवीय सङ्कटू चाहिँ यमनमा देखिएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ। र, त्यहाँको अवस्था झनै बिग्रँदै गएको जनाइएको छ।

यमनका लागि आर्थिक सहायता जुटाउने संयुक्त राष्ट्रसङ्घको पछिल्ला प्रयासहरू असफल भएका छन्। सङ्घले मार्च १६ मा स्थापित कोषमा चार अर्ब जम्मा गर्ने आकलन गरेको थियो तर उक्त रकमको एक तिहाइभन्दा कम रकम सङ्कलन भयो।

युक्रेनमा जारी युद्धको कारण यमनमा महँगी दोब्बर भएको छ, विशेष गरी पीठोको मूल्य बढेको छ। पहिले एक झोला पीठोको करिब २१ देखि २५ डलरसम्म पर्थ्यो। अहिले उक्त मूल्य बढेर ५० डलर पुगेको छु,मुस्लिम ह्यान्ड्स नामक गैर(सरकारी संस्थाकी परियोजना अधिकारी साराह शावकीले भनिन्।

उक्त संस्थाले यमनमा पाँच वटा पाउरोटी उद्योग सञ्चालन गर्छ।

हामीले अहिलेसम्म रोटी उपलब्ध गराउन योग्य बन्न अन्य थुप्रै वस्तुहरूमा कटौती गर्नुपर्‍यो।शावकीका अनुसार २५,००० लाभान्वित धेरैको परिवार दैनिक रूपमा संस्थाले दिएको रोटीमा निर्भर छन्।हामी विशेष गरी कमजोर व्यक्ति, अनाथ, अपाङ्गता भएका मानिसहरू र महिलाहरूलाई सहयोग गरिरहेका छौँ।

यमन मध्यपूर्व र उत्तर अफ्रिका क्षेत्रको सबैभन्दा गरिब देश हो जसले करिब ९० प्रतिशत खाद्यान्न आयात गर्छ। विश्व ब्याङ्कका अनुसार यमनमा ४० प्रतिशत गहुँ युक्रेन र रुसबाट पठाइन्छ।

यमनी सहर एडेनबाट स्थानीय मुस्लिम ह्यान्ड्स सहायता संस्थाका कर्मचारीहरूले बीबीसीसँग, मूल्य वृद्धिले उनीहरूको मानवीय सहयोग परियोजनाहरूलाई ठप्प पार्न सक्ने बताए।एडेनबासी राइधा मोथना अली पाँच सन्तानसहितकी एक विधवा हुन्। उनको परिवार परोपकारमा निर्भर छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार