रुस आक्रमणमा असफल तनावका कारण रुसी रक्षामन्त्रीलाई हृदयघात भएको दाबी

युक्रेनले रुसी रक्षामन्त्री सर्गेई शोइगूलाई हृदयाघात भएको दाबी गरेको छ। युक्रेनको आन्तरिक मन्त्रालयका एक सल्लाहकारले रुसले युक्रेनमा आक्रमण गरेयता ११ मार्चमा सार्वजनिक बैठकमा देखिएका रक्षामन्त्री शोइगू लामो समयपछि बिहीवार राष्ट्रपति पुटिनले मन्त्रीहरूसँग आयोजना गरेको बैठकको भिडिओमा केही सेकेन्ड देखा परेका थिए।

आन्तोन जेरास्चेन्कोले आफ्नो फेसबुकमा “युक्रेन आक्रमणमा असफल भएको पुटिनको आरोपपछि उत्पन्न तनावका कारण रक्षामन्त्री शोइगूलाई हृदयाघात भएको” र अहिले उनी अस्पतालमा भर्ना भएको दाबी  गरेका छन्। यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका अधिकारीहरूले देशबाहिर गरिरहेको कामबारे “मिथ्या समाचार” फैलाउने व्यक्तिलाई १५ वर्षसम्म जेल सजाय गर्न सक्ने कानुन बनाएका छन्।

उनले युक्रेनमा आक्रमण सुरु भएलगत्तै पनि रुसी सेनाबारे झुटा समाचार प्रकाशन रोक्न यस्तै कानुन जारी गरेका थिए। बीबीसी नेपाली

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार