ओली र प्रचण्डलाई पालैपालो भेट्दै चिनियाँ विदेशमन्त्री

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्दैछन् । ओलीले बिहान ११ः१० बजे विदेशमन्त्री यीसँग होटल मेरियटमा भेटवार्ता गर्ने भएका हुन् । भेटमा ओलीले नेपाल–चीन द्विपक्षीय हितबारे छलफल गर्नेछन् ।

यसपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमन्त्री  यीसँग भेटवार्ता गर्ने भएका छन् । भेटवार्ता बिहान ११ः४५ बजे हुँदैछ । उनले पनि नेपाल–चीन द्विपक्षीय हितसँगै बीआरआईबारे छलफल गर्नेछन् ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग विदेशमन्त्री यीकाे भेट भइसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार