एमाले स्थायी कमिटी बैठक बस्दै, चुनावको कार्ययोजना बनाउने

नेकपा एमालेको स्थायी कमिटीको पहिलो बैठक आज बस्दैछ ।

आज अपरान्ह ३ बजे महाराजगञ्जस्थित रोयल दरबार रेष्ट्रो एन्ड भेन्युमा बैठक बस्ने भएको हो ।

बैठकले हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर निर्वाचनमा परिचालित हुने योजना बनाउने नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

स्थायी कमिटीमा पदाधिकारीसहित ४५ सदस्य छन् । साथै चार जना पदेन सदस्य हुने व्यवस्थासमेत छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार