आज मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गरिँदै

वैशाखमा हुने स्थानीय चुनावका लागि निर्वाचन आयोगले आज मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ ।

आयोगका अनुसार करिब एक करोड ७७ लाखभन्दा बढी मतदानका लागि योग्य रहेका छन् । नाम दोहोरिएका, मृत्यु भएकाहरूको समेत नाम हुन सक्ने भन्दै आयोगले दाबी विरोधका लागि एक साताको समय दिएको थियो । आयोगका अनुसार दाबी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेका छन् ।

यसअघि मतदाता नामावलीमा दाबी विरोधका लागि फागुन १९ गतेदेखि एक साताको म्याद दिइएको थियो । सो प्रक्रिया पुरा भएको आयोगको भनाइ छ ।

अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर गर्न सकिने छैन । यस वर्ष करिब दुई लाख मतदाता थपिँदै छन् । ०७९ वैशाख २९ सम्म १८ वर्ष पुगेकालाई मतदाता नामावलीमा नाम भएका खण्डमा मतदान गर्न दिइने आयोगले बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार