गिरिजाप्रसाद कोइराला राष्ट्रिय हक्कीको उपाधि नेपाली सेनालाई

दिवंगत नेता गिरिजाप्रसाद कोइरालाको स्मृतिमा विराटनगरमा आयोजित तेस्रो राष्ट्रिय पुरुष हकी प्रतियोगिताको उपाधि नेपाली सेनाले जितेको छ ।

नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शनिबार भएको फाइनल खेलमा सेनाले सुदूरपश्चिम प्रदेशलाई ७–१ ले पराजित गर्दै उपाधि जितेको हो । सेनाका राजेन्द्र कार्की, सुमितकुमार कामी र रोमन रानामगरले समान दुईरदुई गोल गरे भने प्रदीप राजवंशीले एक गोल गरे । सुदूरपश्चिम प्रदेशका केशवराज जोशीले एक सान्त्वना गोल फर्काए । खेलको ुम्यान अफ द म्याचु सेनाका सुमितकुमार घोषित भए ।

विजेता सेनाले नगद ७५ हजार र ट्रफी र उपविजेताले सुदूरपश्चिमले ४१ हजार रुपैयाँ पुरस्कार पायो ।

शनिबारै तेस्रो स्थानका लागि भएको खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई ५–० ले हरायो । गण्डकीका अशिम ठकुरीले चार गोल र पिताम्बर थापाले एक गोल गरे । खेलको ुम्याद अफ द म्याचु गण्डकीका अशिम घोषित भए । गण्डकीले नगद २१ हजार रुपैयाँ जित्यो ।

प्रतियोगिताको सर्वोत्कृट खेलाडी सेनाका सुमितकुमार कामी, सर्वाधिक गोलकर्ता सेनाका रोमन रानामगर, उत्कृष्ट गोलरक्षक सेनाका पुरन ओली, उदयमान खेलाडी लुम्बिनीका अथनान अन्सारी र उत्कृष्ट डिफेन्डर सुदूरपश्चिमका केशवराज जोशी घोषित भए । उनीहरूले समान पाँचरपाँच हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा विभागीय टोली नेपाली सेनाका साथै प्रदेश नम्बर १, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार