तीन घण्टाको नेपाल बसाईपछी फर्किए राजपाल यादव

भारतीय सिने जगतका चर्चित हास्य कलाकार राजपाल यादव तीन घण्टा नेपाल बसेर फर्किएका छन् ।

सर्लाहीमा जारी गोपाल सेवा समितिको नवौं राष्ट्रिय महाधिवेशनको प्रमुख अतिथिको रूपमा नेपाल आएका यादव तीन घण्टामा फर्किएका हुन् ।

सर्लाही सदरमुकाम मलंगवास्थित कवर्डहलमा आयोजित महाधिवेशनमा दिउँसो तीन बजे आइपुगेका उनी साँझ छ बजे फर्किएका हुन् ।

यादवले पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गरे । आयोजकले उनलाई ५६ किलोको मालाले सम्मान गरेको थियो ।

कलाकार यादवलाई हेर्न स्थानीय बिहानैदेखि सदरमुकाम पुगेका थिए । तर उनी भने निर्धारित समयभन्दा ४ घण्टा ढिलो दिउँसो ३ बजेमात्र कार्यक्रमस्थल पुगेका थिए ।

कलाकार यादवसँग फोटो र सेल्फी लिन भिड उर्लिएपछि आयोजकलाई भीड नियन्त्रण गर्न हम्मे–हम्मे परेको थियो ।

स्थल मार्गहुँदै सर्लाही आइपुगेका उनी उद्घाटन समारोहकै बीच फर्किएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार