इलेक्ट्रिक गाडी किन्न विद्युत प्राधिकरणले कर्मचारीलाई तीन लाख ऋण दिने

नेपाल विद्युत प्राधिकरणले आफ्ना कर्मचारीहरुलाई विद्युतीय गाडी (इभी) किन्न तीन लाख रुपैयाँसम्म ऋण दिने भएको छ ।

प्राधिकरणले विद्युतीय गाडीलाई प्रवद्र्धन गर्न १० हजार कर्मचारीलाई तीन लाख रुपैयाँका दरले ऋण दिने भएको हो । भारतीय ब्राण्ड ओडिसी अटोमोटिभको नेपालमा शोरुम उद्घाट गर्दै प्राधिकरणका सहनिर्देशक कोमलनाथ आत्रेयले यस्तो बताएका हुन् ।

‘हामी प्राधिकरणलाई चाहिने नयाँ विद्युतीय गाडी मगाउने गरेका छौं । त्यस्तै कर्मचारीले नयाँ गाडी किन्ने भए पनि ३ लाख रुपैयाँसम्म कर्जा दिनेछौं’ आत्रेले भने ।

सन् २०३० सम्म पेट्रोलियम पदार्थबाट चल्ने गाडी विस्थापित गर्ने योजनाअनुसार विद्युतको महसुल घटाउँदै लगेको उनले बताएका छन् । रातीको समयमा चार्जिङ गरे तीन रुपैयाँ मात्रै लाग्ने गरि छुट्टै मिटरको व्यवस्था गर्न लागेको उनले जानकारी दिएका छन् ।

ओडिसी अटोमोटिभले नेपाली बजारमा नयाँ दुइवटा मोडेल लन्च गर्नुको साथै नयाँ शोरुमसमेत खोलेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार