नेपाल र चीनबीच ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर

नेपाल र चीन सरकारबीच ९ बुँदे  समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा शनिबार सिंहदरबारमा परराष्ट्रमन्त्री नारायण खड्का र दुई देशका प्रतिनिधिमण्डलबीच भेटवार्तापछि नेपाल र चीन सरकारबीच नौ वटा समझदारी-पत्रमा हस्ताक्षर भएको हो ।

नेपाल र चीनबीच नेपाल चीन अन्तरदेशिय रेल निर्माणको सम्भाव्यता अध्ययन, नेपाल चीन अन्तर्देशीय विद्युत् प्रसारण लाइन निर्माणका विषयमा समझदारी भएको छ ।

त्यस्तै नेपालमा चिनियाँ स्वास्थ्यकर्मीको टोली सेवा प्रवाह गर्ने, नेपालमा उत्पादित सामग्रीलाई भन्सार छुट दिने, नेपाललाई कोरोनाविरुद्धको आवश्यक खोप प्रदान गर्ने लगायतका विषयमा पनि समझदारी भएको छ । समझदारीअघि परराष्ट्र मन्त्रीस्तरमा र  प्रतिनिधिमण्डलस्तरमा पनि छलफल भएको थियो ।

त्यसैगरी नेपालमा उत्पादन भएको हेलेग घाँस निर्यात, नेपाल चीनबीच आर्थिक तथा प्रविधिक सहयोग, अरनिको राजमार्ग मर्मत संभारसम्बन्धी दीर्घकालीन परियोजनाको तेस्रो चरण संचालन गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

परराष्ट्रमन्त्री खड्का नेतृत्वको २५ सदस्यीय प्रतिनिधिमण्डलमा परराष्ट्र, अर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवसहित परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी थिए ।

विदेशमन्त्री वाङ नेतृत्वको १७ सदस्यीय प्रतिनिधि मण्डलमा नेपालका लागि चीनका राजदूत हाउ यान्छी, चीनको विदेश मन्त्रालयका सहसचिव वु जिङवाओ, वाणिज्य मन्त्रालयका सहसचिव शेङ कुपिङ, विदेश मन्त्रालयको एसियाली मामिला विभागका महानिर्देशक लिउ जेनसङ, नायब शिष्टाचार महानिर्देशक सोङ जिया र विदेशमन्त्री याङका सचिव देङ झेइ रहेको उपस्थिति पनि परहेकाे थियाे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार