हरियो रङको मतपत्रबाट तर्सिएको एमाले निर्वाचनको परिणामबाट पनि तर्सिने शर्माको दाबी

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हरियो रङको मतपत्रबाट तर्सिनेहरू निर्वाचनको परिणामबाट पनि तर्सिने दाबी गरेका छन् ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा शर्माले आफूलाई बलियो भन्ने नेकपा एमाले मतपत्रको रङबाट तर्सिएको भन्दै अब निर्वाचनको परिणामबाट पनि तर्सिने अवस्था आउने दाबी गरेका हुन् । महामन्त्री शर्माले केपी ओली नेतृत्वको सरकारले गरेको विकासलाई डायनासोर विकासको संज्ञा दिए । ठूलो ठूलो विकासको कुरा गरेर काम नगर्ने पार्टी एमाले भएको उनको भनाई छ । उनले आगामी निर्वाचनमा तालमेल गर्ने अधिकार मातहतका समितिलाई दिनुपर्ने र यस विषयमा केन्द्रीय कमिटीले आवश्यक निर्णय गर्ने बताए ।

शर्माले आगामी निर्वाचनमा काँग्रेस सही विचार र दृष्टिकोणसहित जनतामा जाने र देशको ठूलो र बहुमतको पार्टी बन्ने धारणा राखेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार