सन्दीप बने सर्वाधिक छिटो ५० विकेट लिने विश्वकै दोस्रो खेलाडी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलो नेपाली बलर बनेका छन् ।

शनिबार जारी पपुवा न्युगिनीविरुद्ध दोस्रो ओडिआई खेलमा सन्दीपले ५० विकेट पूरा गरे हुन् । उनले १३ औं ओभरको पहिलो बलमा चाल्र्स अमिनीलाई ३५ रनमा एलबीडब्लू आउट गर्दै सफलता हात पारे । साथै  सन्दीप ओडिआईमा सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने विश्वकै दोस्रो बलरसमेत बनेका छन् ।

ओडिआई क्रिकेट इतिहासमा भने सर्वाधिक छिटो ५० विकेट पुरा गर्ने श्रीलंका पूर्व स्पिनर अजान्था मेन्डिसको नाममा छ । उनले १९ खेलमा पुरा गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार