मंगलबार थपिए ४ हजार ५ सयबढी कोरोना संक्रमित, १८ जनाको मृत्यु

नेपालमा मंगलबार थप ४ हजार ५ सय २४ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १४ हजार ६ सय ७२ पीसीआर परिक्षणका क्रममा ४ हजार ३ सय ६४ र १ हजार ९ वटा एन्टीजेन परिक्षणका क्रममा १६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप १८ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा तीन हजार १ सय ९४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ५५५ संक्रमित निको भएका छन् भने नेपालमा हालसम्म दुई लाख ७८ हजार ५०६ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा २६ हजार २२५ संक्रमित आइशोलेशनमा छन् भने ५८ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २४ लाख ३२ हजार ८९ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार