पानीमा डुबेर दुई जनाको मृत्यु

दाङमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका २ बलरामपुरका ५० वर्षीय जितबहादुर चौधरीको नुहाउने क्रममा तलाउमा डुबेर मृत्यु भएको हो । बिहीबार साँझ भैसीलाई पानी खुवाउन गएका चौधरी तलाउ छेउमा नुहाउने क्रममा पानीमा डुबेर बेपत्ता भएका थिए । लगतै प्रहरी र स्थानीयले उनको खोजी गरे पनि फेला पार्न सकेका थिएनन् ।

जिल्ला प्रहरी कार्यालय दाङबाट गएको टोलीले खोजी गर्दा शुक्रबार बिहान तलाउको किनारमा चौधरीको शव फेला परेको प्रहरी बतएको छ ।

त्यस्तै राप्ती गाउँपालिका १ माथिल्लो भालुबाङको राप्ती नदीमा नुहाउने क्रममा एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा अर्घाखाँची सितगंगा नगरपालिका ८ लापे बस्ने ३० वर्षीय शुक्रराज घर्तीमगर रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार