पीएनजीविरुद्ध नेपालको खराब सुरुवात : दुवै ओपनर आउट, कुशल ‘रोयल डक’

पपुवा न्यु गिनीविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले दुवै ओपनरलाई गुमाएको छ ।टीयू मैदानमा नेपाल टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

नेपालले तीन ओभरभित्र नै दुवै ओपनरलाई गुमाएको हो ।नेपाली टिमका ओपनर कुशल भुर्तेल प्लाटिनम (रोएल)डक भए । कुशल खेलको पहिलो बलमै आउट भए । खेलको पहिलो इनिङ्सको पहिलो बलमै आउट हुने खेलाडीलाई रोएल डक भनिन्छ ।पीएनजीका अलेइ नाओको बलमा लेगा सिएकाले कुशललाई सर्ट लेगमा क्याचआउट गराएका हुन् ।

यस्तै अर्का ओपनर अनिल शाह तेस्रो ओभरको पहिलो बलमा १ रन बनाएर आउट भए ।दुवै विकेट अलेई नाओले लिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार