के प्रचण्डले भनेको जस्तै आगामी चुनाव माओवादीका लागि ‘लाइफ एण्ड डेथ’ हो ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनाव पार्टीका लागि जीवन र मरण भएको बताएका छन् । काठमाडौंमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षण कार्यक्रममालाई सम्बोधन गर्दै प्रचण्डले आगामी चुनाव माओवादीका लागि ‘लाइफ एण्ड डेथ’ भएको बताएका हुन् । आउने निर्वाचनमा माओवादीलाई परास्त गर्ने र कतिपय साम्राज्यवादी देशमा जस्तै नेपालमा पनि दुई पार्टी सिस्टम लागू गर्ने षड्यन्त्र भइरहेको प्रचण्डले दाबी गरे ।

‘अहिले दुई वटा पार्टीमात्रै बनाउने कसरत चलिरहेको छ। दुई बुर्जुवा पार्टी पालैपालो शासन गर्ने । अरु परिवर्तनकारी पार्टी सिध्याउने षड्यन्त्र छ’, काठमाडौंमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षणमा प्रचण्डले भने, ‘आउनेवाला निर्वाचन चाहे त्यो स्थानीय वा प्रदेश र संघको होस् त्यो सबै हाम्रा लागि सामान्य औपचारिक निर्वाचनमात्रै रहेको छैन । हाम्रो लागि यो लाइफ एण्ड डेथ –जीवन मरणको लडाइँ भएर आउँदैछ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार