आजको मौसम : यी स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशका पहाडी भेगमा सुक्खा हावा चल्ने सम्भावना छ । दिउँसो गर्मीले जमिन तात्ने हुनाले बेलुकातिर सुक्खा हावा चल्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार पानी पर्ने सम्भावना भने छैन । आज विषेशगरी प्रदेश-१ र वाग्मती प्रदेशका केही ठाउँमा खण्डखण्ड रुपमा हावा चल्नेछ ।

खण्डखण्ड रुपमा हावा चल्नु भनेको कतै हावा चल्दा नजिकै अर्को कुनै ठाउँमा चल्दैन भनिएको हो । तर ठूलो हावाहुरी चल्ने सम्भावना भने छैन । प्रि-मनसुनको समयमा बेलुका तिर हावाहुरी, मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने गरेको भए पनि आज बेलुका भने सुक्खा हावा मात्रे चल्ने उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार