उडिरहेको विमानभित्र महिला यात्रुले होहल्ला गरेपछि…

 बेलायतको म्यानचेस्टरबाट टर्कीका लागि उडेको एउटा विमान आकाशबाटै डाइर्भट गरेर अस्ट्रियाको राजधानी भियना पु-याइएको छ । एक महिला यात्रुले चालक दलका सदस्यसँग होहल्ला र अन्य यात्रुलाई हातपात गरेपछि विमान डार्भट गरिएको हो ।

ती महिलाले बेलायती विमान जेट -२ मा बच्चाहरु रोएको गुनासो गरेकी थिइन् ।  तर, उनी चाँडै कर्मचारीप्रति आक्रामक भइन् । उनलाई शान्त पार्ने सबै प्रयासहरू बिफल भएपछि चालक दलले उनलाई झार्न भियनातर्फ उडान डाइभर्ट गर्नुपरेको थियो ।

एक साक्षीले म्यानचेस्टर इभिनिङ न्युजलाई बताएअनुसार ती महिला उडानमा लगभग एक घण्टा २० मिनेट बाधक बनेकी थिइन । ‘त्यहाँ धेरै कोलाहल थियो,’ यात्रुले भने । ‘त्यसपछि उनी विमानको अगाडि पुगिन् । उनी वास्तवमै कर्मचारीप्रति क्रुद्ध थिइन । कसैले उनको रिस शान्त पार्न सकेनन् । महिलाको व्यवहारलाई लिएर एयरलाइन्सले क्षमायाचना मागेको छ । -एजेन्सी

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार