सवारी चालक अनुमति पत्रको नयाँ आवेदन अनिश्चितकालका लागि बन्द

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन प्रणाली बन्द गरेको छ ।

आगामी वैशाख १६ गतेदेखि अनिश्चितकालका लागि लाइसेन्सको अनलाइन आवेदन बन्द हुने भएको हो । विभागले कोरोना महामारी फैलिएको भन्दै मंगलबार एक सूचना जारी गर्दै सोबारे जानकारी दिएको हो ।

‘विश्वभरी फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ महामारीका कारण वैशाख १६ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरिने व्यहोरा जानकारीको लागि अनुरोध छ । यसबाट सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं’ प्रवक्ता डा. लोकनाथ भुसालद्वारा जारी सूचनामा भनिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार