सनराइज बैंकद्वारा मधेस प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

मार्च २१ देखि मार्च २७ सम्म विश्वव्यापी रुपमा मनाइदै आएको ग्लोबल मनि सप्ताहमा सहभागिता जनाउँदै सनराइज बैंकले पनि प्रदेश २ मा विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

बैंकले यही चैत्र ८–१० गते राजविराज, लहान र गौरमा उक्त कार्यक्रम गरेको हो । एनबीआईसँगको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रममा नेसनल बैंकिङ इन्स्टिच्युटका तर्फबाट विनोद अधिकारी तथा बैंकका प्रतिनिधिहरु सहभागी भई साक्षरता प्रदान गरेका थिए । वित्तीय साक्षरता कार्यक्रमलाई अझै प्रभावकारी बनाउन बैंकका नायब महाप्रबन्धक अपछकुमार यादवसमेत गौरको कार्यक्रममा सहभागी हुनु भएका थए । उनले वित्तीय साक्षरताको महत्व पैसाको प्रयोग र उपयोगिताबारे सहभागीलाई साक्षर हुन आग्रह गरेका थिए ।

सय जनाभन्दा बढी स्थानीय महिला, साना व्यवसायी तथा अन्य व्यक्तिहरुको सहभागिता रहेको सो कार्यक्रममा बचत र खर्चको व्यवस्थापन, ऋण प्रक्रिया र उचित प्रयोग, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनुपर्ने सर्तकता, सुरक्षित रेमिट्यान्स प्रणालीलगायतका विषयमा साक्षयरता प्रदान गरेको थियो ।

सनराइज बैंकले वित्तीय साक्षरताको अभावमा मानिसहरुले असुरक्षित आर्थिक कारोबार गर्न नपरोस्, बैंक तथा वित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिहरुको पहुँच पुगोस्, डिजिटल कारोबारका बारेमा व्यक्तिहरु अभ्यस्त बनून्, आफ्नो व्यावसायिक योजनालाई बैंकको सहायताले बढाउन सकियोस् र त्यसले व्यक्तिहरुको आर्थिक आर्जन बढाई उनीहरुको जीवनस्तर पनि बढाउन सकियोस् भन्ने उद्देश्यका साथ देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम गर्न लागेको बैंकले जनाएको छ ।

हालसम्म सन्राइज बैंकले १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ सेवा, १३ वटा एक्सटेन्सन काउन्टर र १५९ वटा एटिएममार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार