बैंकिङ कसुर मुद्दामा कलैयाका वडाध्यक्ष जयसवाल पक्राउ

बारा प्रहरीले कलैया उपमहानगरपालिका–१४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद जयसवाललाई पक्राउ गरेको छ । तीनवटा छुट्टाछुट्टै बैंकिङ कसुर मुद्दा जनही २०, १० र आठ लाख गरी ३८ लाख ठगी गरेको आरोपमा निज वडाध्यक्षलाई कलैया बजारबाट आज पक्राउ गरिएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।

पक्राउ परेका जयसवाललाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता थापाले जानकारी गराए । जयसवाल २०७४ सालको स्थानीय निर्वाचानमा नेकपा (एमाले)का तर्फबाट निर्वाचित भएका थिए । हाल उनी बारा निर्माण व्यवसायी सङ्घको अध्यक्ष हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार