सिटी सेन्टरमा नेपाल लाइफ इन्स्योरेन्सकाे पाठशाला सञ्चालन

नेपाल लाइफ इन्स्योरेन्सले कमलपोखरीस्थित नेपाल लाइफ भवन (सिटी सेन्टर) मा स्थापना गरेको “नेपाल लाइफ पाठशाला”को प्रशिक्षण कक्षको शुभारम्भ गरेको छ ।  बिमा समिति अध्यक्ष सूर्य प्रसाद सिलवाल र नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघाईले संयुक्त रूपमा  पाठशालाको समुद्घाटन गरेका हुन् ।
कार्यक्रममा नेपाल लाइफका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । पराजुलीले  यस्ता किसिमका गुणस्तरीय तालिमको पूर्वाधारहरूलाई क्षेत्रीय स्तरमा समेत विस्तार गरिने सोच रहेको बताएका छन् । उनले नेपाल लाइफ, पाठशाला भविष्यमा एक उदाहरणीय तालिम प्रदान गर्ने संस्था बन्नेमा विश्वास व्यक्त गरे ।
समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बिमा समितिका अध्यक्ष सिलवालले नेपाल लाइफले सुरु गरेको पाठशाला एक उदाहरणीय कार्य भएको बताउँदै सफलताको शुभकामना व्यक्त गरे ।
यस्तै नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघाईले अभिकर्ता तथा कर्मचारीहरूको व्यावसायिक दक्षता एवं क्षमता अभिवृद्धिका लागि  नियमित प्रशिक्षणको आवश्यकता महसुस गरी सुविधा सम्पन्न“नेपाल लाइफ, पाठशाला”को स्थापना गरिएको बताएका छन्  ।
आगामी दिनहरूमा यस पाठशालामा विज्ञ प्रशिक्षकहरू मार्फत अभिकर्ता र कर्मचारीहरूको लागि नियमित तालिम एवं सेमिनारहरू संचालन गर्न कम्पनी व्यवस्थापनलाई सुझाव दिए ।
कार्यक्रममा बिमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल, कम्पनीका सञ्चालकहरू  राम अवतार अग्रवाल श्री विमल प्रसाद ढकाल, कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशील कुमार चौधरी,विभागीय प्रमुखहरू र अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार