कालीकोटबाट नेपालगञ्ज जाँदै गरेको यात्रुवाहक बसमा आगलागी भएको छ। सुर्खेतको बराहताल गाउँपालिका–८ ओदालताल नजिक ना ८ ख २३५६ नम्बरको बसमा आगलागी भएको हो। शुक्रबार दिउँसो ३ बजेर २५ मिनेटमा उक्त बसमा आगलागी भएको प्रहरीले बताएको छ । गाडी जले पनि मानवीय क्षति भने भएको छैन ।
बसमा लागेको आगो वीरेन्द्रनगरबाट दमकल गएर निभाएको छ। बसको ब्याट्रीमा अचानक आगलागी भएर आगो लागेको यात्रुहरुले बताएका छन् । बसमा सवार सबै यात्रु सकुशल छन्।