चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण : एमसीसी प्रतिको असन्तोष कसरी सम्बोधन होला ?

केही समय पहिले अमेरिकी अनुदान सम्झौता एमसीसीलाई लिएर बेइजिङबाट प्रकट भएका असन्तुष्टिहरूलाई चिनियाँ विदेशमन्त्रीको भ्रमणका क्रममा सम्बोधन गरिनुपर्ने परराष्ट्र मामिलाका विज्ञहरू बताउँछन्।

तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रवार काठमाण्ठू आइपुगेका चिनियाँ स्टेट काउन्सिलर विदेशमन्त्री वाङ यीसँग सत्तापक्षीय र विपक्षमा रहेका नेपाली शीर्ष नेताहरूले एकमतले आफ्नो सार्वभौम निर्णयको पैरवी गर्नुपर्ने एक विज्ञले बताए।

अर्का चिनियाँ विज्ञले चीनको वैधानिक भूरणनीतिक स्वार्थ सम्बोधन गर्दै नेपालले स्वतन्त्र रूपमा देशको विदेश नीति सञ्चालन गरेसम्म बेइजिङ नेपालबाट आश्वस्त भइरहने प्रतिक्रिया दिएका छन्।

हालै संयुक्त अमेरिकाले मिलेनीअम च्यालेन्ज कर्पोरेशन ९एमसीसी०मार्फत् नेपाललाई दिएको ६० अर्ब रुपैयाँ अनुदानलाई लिएर अमेरिका र चीनबीच आरोप प्रत्यारोप चलेको थियो।

उक्त सम्झौतालाई नेपालको संसद्ले अनुमोदन गरेपछि बेइजिङले त्यसलाई जानकारीमा लिएको जनाएको थियो।कोभिड महामारी देखिएयता पहिलो पटक भएको चिनियाँ विदेशमन्त्रीको भ्रमण पछिल्लो समयमा नेपाल चीन सम्बन्धमा देखिएका संशय चिर्न उपयोगी हुनसक्ने कतिपयको विश्वास पाइन्छ।

एमसीसीले निम्त्याएको भूराजनीतिक विवाद
सन् २०१७ मा नेपाल र अमेरिकाले एमसीसी सम्झौतामा हस्ताक्षर गरेका थिए। उक्त सम्झौताअन्तर्गत भारतीय सीमासम्म जोड्ने विद्युत् प्रसारण लाइनको निर्माण र सडकहरूको स्तरोन्नतिका लागि नेपाललाई अमेरिकाले ६० अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउनेछ।

त्यो सम्झौताको कार्यान्वयनका लागि संसदीय अनुमोदनलाई एउटा सर्त बनाइएको थियो जुन केही समयअघि पूरा भइसकेको छ।सन् २०१९ को छेकोमा कतिपय अमेरिकी अधिकारीहरूले एमसीसी इन्डो(प्यासिफिक रणनीतिको हिस्सा भएको धारणा राखेपछि उक्त सम्झौताप्रति चीनले आफ्नो चासो राख्न थालेका विवरण आएका थिए।

सुरुमा अन्तर्राष्ट्रिय सहकार्य अन्तर्गतको आर्थिक सहयोगको पक्षमा आफू रहेको बताएको चीन संसद्ले एमसीसी अनुमोदन हुने बेलासम्म आइपुग्दा आक्रामक रूपमा प्रस्तुत भएको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार