पीएनजीविरुद्धको खेलमा रोहित बनाएका तीन कीर्तिमान

युवा ब्याट्सम्यान रोहित कुमार पौड्यालले तीन नयाँ कीर्तिमान बनाएको खेलमा नेपाल पपुवा न्युगिनी (पीएनजी)सँग पहिलो एकदिवसीय खेलमा ६ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८६ रन बनायो ।

नेपालका लागि रोहितले कीर्तिमानी शतक बनाए । १०७ बल खेलेका उनले ७ चौका र ४ छक्काको सहयोगमा १२६ रन बनाए । रोहित नेपालका लागि एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्नै दोस्रो खेलाडी बनेका छन् । त्यस्तै उनले पारस खड्काको नाममा रहेको ११५ रनको सर्वाधिक रन स्कोरको कीर्तिमान भंग गरेका छन् ।

उनी अब नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनको नाममा १२६ रन रहेको छ । त्यस्तै नेपालका लागि आरिफ शेखले ३४ रनको योगदान गर्दा कुशल भुर्तेलले ३२ रन जोडे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार