कांग्रेसका प्रदेश सभापतिहरुको चेतावनी-‘तालमेल भए हाम्रो हालत कांग्रेस आईको जस्तो हुन्छ’

नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले स्थानीय चुनावमा गठबन्धन र तालमेल गर्दै गएमा पार्टीको हैसियत भारतीय कांग्रेस (कांग्रेस आई)को जस्तै हुने चेतावनी दिएका छन् । चुनावी रणनीतिलगायत समसामयिक विषयमा छलफल गर्न शुक्रवार बसेको कांग्रेस बैठकमा प्रदेश सभापतिहरूले कांग्रेसले तालमेल गर्न नहुने धारणा राखेका हुन् । लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन र गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले चुनावी तालमेल गर्न नहुने बताएका हुन् ।

‘दुई प्रदेशका सभापतिले तालमेल गर्न नहुने धारणा राख्नुभयो । यसरी तालमेल गर्दै गए कांग्रेसको हालत कांग्रेस आईको जस्तो हुने उहाँहरूको चिन्ता थियो,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने । प्रदेश १ का सभापति उद्धव थापा र बागमतीका सभापति इन्द्र बानियाँले भने स्थानीय आवश्यकता अनुसार तालमेल गर्न सकिने बताएका थिए ।

बैठकबाट बाहिरिएका केन्द्रीय सदस्य बलबहादुर केसीले कांग्रेस आफैँमा बलियो रहेकोले तालमेल गर्न नहुने धारणा आएको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार