पीएनजीसँग नेपाल ६ रनले पराजित

काठमाडौं । पपुवा न्यूगिनीविरुद्धको एकदिवसीय क्रिकेटमा नेपाल ६ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पाएको २ सय ९३ रनको लक्ष्य नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८६ रन मात्र बनाउन सक्यो ।

रोहितले १ सय ७ बलमा ७ चौका र ४ छक्कासहित १ सय २६ रनको सानदार कीर्तिमानी शतकीय इनिङ खेलेपनि टोलीको झिनो हार टार्न सकेनन् । नेपालको यो ओडिआई इतिहासकै सर्वाधिक ठूलो योगफल हो । ओडिआईमा यसअघि २०१९ मा युएईविरुद्ध २ सय ५५ रन थियो । पपुवा न्युगिनीसँग नेपालको ओडिआईमा पहिलो हार पनि हो ।

नेपाललाई जितको लागि अन्तिम ६ बलमा १० रन चाहिँएको थियो । नर्मन भानुवाले ३ रन दिँदै जित पक्का गराए । पहिलो बल योर्कर राख्दा कमलले एक रन बटुलेका थिए । दोस्रो बल सोमपालले डट खेले । तेस्रो बलमा लेग वाइको रुपमा एक रन बटुले । चौथो बल कमलले डट खेलेपछि नेपाललाई २ बलमा ८ रन चाहिँएको थियो । पाँचौं बलमा कमलले लङअफमा प्रहार गर्दै एक रन प्रहार गरे । अन्तिम बलमा जितको लागि ७ रन चाहिँएको थियो । अन्तिम बलमा सोमपालले एक रन बटुले पनि ५ रनले पराजित हुन पुग्यो । सोमपाल र कमल १८–१८ रनमा अविजित रहे ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९२ रन बनाएको थियो । ओडिआईमा पपुवा न्युगिनीको बनाएको यो हालसम्मकै ठूलो योगफल हो । यसअघि पपुवा न्युगिनीको ओडिआईमा सर्वाधिक ठूलो योगफल २०१४ मा हङकङविरुद्ध २ सय ६४ रन थियो ।

पपुवा न्युगिनीलाई कीर्तिमानी लक्ष्यमा पुर्याउन मध्यक्रमका ब्याटर चाल्र्स अमिनीले १ सय ३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ७७ रनको इनिङ खेले । नर्मनले २८ बलमा ४ चौका र ३ छक्का सहित ४७ आक्रामक इनिङ खेल्दै कीर्तिमानी योगफलमा पुर्याए । कप्तान असाद भाला ५५ बलमा ११ चौकासहित ६० रनमा आउट भए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार