गण्डकी प्रदेशसभा बैठक भोलिसम्मका लागि स्थगित, सांसदहरुको पीसीआर परीक्षण गरिने

कोरोना पोजेटिभ सांसदले भोट हाल्न पाउने बोल्न नपाउने

गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको दोस्रो बैठक सत्ता पक्षको अवरोधका कारण स्थगित भएको छ । मंगलबार बैठक सुरु भएलगत्तै सत्तारुढ दल नेकपा एमालेका सांसदले पिसिआर परीक्षण नगरी बैठक सञ्चालन नगर्न माग गरेका थिए ।

एमालेका सांसदहरु आफ्नो स्थानमा उठेर निरन्तर विरोध जनाएपछि सभामुखले २० मिनेटका लागि बैठक स्थगित गरेका थिए । सांसदहरूको कोरोना परीक्षण र नतिजा आउन्जेलसम्मको अवधि कुर्दै भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

मंगलबार बसेको कार्य व्यवस्था समितिको बैठकले आज साँझसम्म सबै सांसदको पीसीआर परीक्षण गर्ने, पोजिटिभ आएकाले सदनमा बोल्न नपाउने तर भोटिङ गर्न पाउने निर्णय गरेको एमाले सांसद कृष्ण थापाले जानकारी दिए ।

सोमबारदेखि शुरु भएको विशेष अधिवेशनको शुरुमै अविश्वासको प्रस्तावमा प्रस्तावित मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अविश्वास प्रस्ताव टेबल गरका थिए । अविश्वास प्रस्ताव टेबल गर्दै नेपालीले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै उक्त कदमलाई प्रदेश सरकारले समर्थन गर्नु गलत भएको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार