चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौमा

तीन दिने भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आइपुगेका छन् । विदेशमन्त्री वाङ २५ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार नेपाल उत्रिएका हुन् । विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डा नारायण खड्काले स्वागत गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशमन्त्री वाङ आफू बस्ने बत्तिसपुतलीस्थित होटल द्वारिकामा जाँदैछन् ।मन्त्री वाङको औपचारिक भेटघाट भने शनिबारबाट मात्रै सुरु हुनेछ । वाङले शनिबार विहान शिवपुरीमा हाइकिङ गर्नेछन् । त्यसपछि नेपालका समकक्षी डा।नारायण खड्कासँग भेटघाट गर्ने कार्यसूची रहेका छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार