रोहित पौडेलको कीर्तिमानी शतक

नेपाली ब्याट्म्यान रोहित पौडेलले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेका छन् । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा रोहितले पपुवा न्युजिनी (पीएनजी)विरुद्ध शतक पुरा गरेका हुन् ।

रोहितले ९१ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै शतक पुरा गरे । रोहितको यो पहिलो एकदिवसीय शतक हो । रोहित एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् ।

पारसले युएईविरूद्ध शतक हिर्काउँदै नेपालका लागि पहिलो एकदिवसीय शतकको कीर्तिमान बनाएका थिए। सो खेलमा पारसले ११५ रन प्रहार गरेका थिए।

साथै, पौडेल एकदिवसीय अन्तर्राष्ट्रियमा ५०० रन पूरा गर्ने पहिलो नेपाली ब्याटर पनि भएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार