पिएनजीविरुद्ध नेपाल : खराब ब्याटिङको समस्या झेल्दै

पपुवा न्यू गिनीले पहिलो ओडिआई खेलमा प्रस्तुत गरेको २ सय ९३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले खराब ब्याटिङ सुरुआत गरेको छ। नेपालले १५.३ ओभरमा ४ विकेट गुमाउँदै ८० रन बनाएको छ। ओपनर अनिल शाह र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७.३ ओभरमा ३६ रनको साझेदारी गरेका थिए।

तर, तीव्र गतिका बलर नर्मन भानुआले अनिललाई सेसे बाउटबाट ६ रनमा क्याच आउट गराए। सन् २०१८ मा नेपालले ओडिआई मान्यता पाएसँगै नेदरल्यान्डविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका अनिलले ३२ बलमा ३ चौकासहित २१ रन बनाएका थिए। त्यसपछि उनी राष्ट्रिय टोलीमा पर्न सकेका थिएनन्।

नवौं ओभरको अन्तिम बलमा डेब्यू खेल खेलेका देव खनाल शून्यमा क्याच आउट भए। नोसिना पोकनाको बलमा ठूलो सट खेल्ने क्रममा मिडअनमा देव हिरी हिरीबाट क्याच आउट भए।

घरेलु प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका देवले यसै खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका हुन्। गत पुसमा यू–१९ राष्ट्रिय प्रतियोगितामा देवले लुम्बिनी प्रदेशलाई च्याम्पियन बनाउन ७ खेलमा ४ अर्धशतकका साथ ३ सय ३४ रन बनाएका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार