मेयरमा उठ्न एसएसपीले दिए राजीनामा

काठमाडौं । मेयरको उम्मेदवार बन्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्दकुमार साहले राजीनामा दिएका छन् ।धनुषाको विदेह नगरपालिकामा मेयरको उम्मेदवार बन्न उनले प्रहरीको सेवा छोडेका हुन् । उनले अवकाश प्राप्त हुन १३ महिना बाँकी थियो ।

फागुन ४ मा बुझाएको राजीनामा १० गते स्वीकृत भयो । लगत्तै धनुषा विदेह नगरपालिका ५ मा फर्किए । अहिले उनी दैनिक समाज सेवा जस्ता कार्यक्रममा सक्रिय छन् । बुधबार पनि व्यक्तिगत लगानीमा निःशुल्क स्वास्थ्य शिविरमार्फत् करिब एक हजार मानिसलाई सेवा दिएको उनी बताउँछन् ।

वैशाख ३० मा हुन लागेको स्थानीय चुनावमा नेपाली कांग्रेसबाट मेयर पदका उनी आकांक्षी हुन् । “रिटायर्ड हुन १३ महिना बाँकी थियो । तीनवर्ष थप्ने कुरा पनि थियो,” उनले भने, “तर मलाई आफ्नै ठाउँमा खेतीबारीसँगै जनताको सेवा गर्ने इच्छा छ ।”

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार