रुसले युक्रेनमा किन आक्रमण गर्‍यो ?

रुसले चार करोड ४० लाख जनसङ्ख्या भएको युरोपेली लोकतान्त्रिक मुलुक युक्रेनमाथि जल, थल र आकाश तीनैतिरबाट विध्वंशक आक्रमण गरेको छ।महिनौँसम्म राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त छिमेकीमाथि आक्रमण गर्न लागेको कुरालाई अस्वीकार गरेका थिए। तर उनले युक्रेनको उत्तर, पूर्व र दक्षिणी सीमापारि सेना पठाउँदै शान्ति सम्झौता भङ्ग गरे।

मृतकको सङ्ख्या बढ्दै जाँदा उनीमाथि युरोपमा शान्ति भङ्ग गरेको आरोप लागेको छ र अब त्यसले महादेशको सम्पूर्ण सुरक्षा संरचनालाई खतरामा पार्न सक्छ। किएभस्थित बोरिस्पेल अन्तर्राष्ट्रिय विमानस्थलसहित युक्रेनका सहरनजिकै अवस्थित विमानस्थल र सैन्य मुख्यालयमा सबैभन्दा पहिले आक्रमण भयो।

त्यसपछि ट्याङ्क र सैनिकहरू पूर्वोत्तर युक्रेनभरि प्रवेश गरे।नीहरू पूर्वी लुह्यान्स्कनजिकै रहेको १४ लाख जनसङ्ख्या भएको खार्कीभ सहरमा छिमेकी बेलारुसबाट प्रवेश गरे भने दक्षिणतर्फ क्राइमियाबाट प्रवेश गरे।

प्यारासूटको सहाराले झर्ने सैनिकहरूको समूहले किएभनजिकैको एउटा प्रमुख हवाई शिविर कब्जा गरे। रुसी सैनिकहरू युक्रेनका ठूला बन्दरगाह सहरहरू ओडेसा र मारिऊपोलमा पनि अवतरण गरे।

आक्रमण सुरु हुनु केहीअघि राष्ट्रपति पुटिनले टेलिभिजनमा सम्बोधन गरे। अनि यसै साता उनले सन् २०१५ मा पूर्वी क्षेत्रका लागि भएको एउटा शान्ति सम्झौतालाई अन्त्य गर्दै विद्रोहीहरूको नियन्त्रणमा रहेका क्षेत्रहरूलाई स्वतन्त्र मुलुकहरूको मान्यता दिए।

रुसले लामो समयदेखि युरोपेली सङ्घ र पश्चिमी देशहरूको रक्षात्मक सैन्य गठबन्धन नेटोतर्फ युक्रेनले बढाएको कदमको विरोध गर्दै आएको छ।आक्रमणको घोषणा गर्दै पुटिनले नेटोलाई राष्ट्रको रूपमा आफ्नो ऐतिहासिक भविष्यलाई धम्की दिएको आरोप लगाएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार