गठबन्धन केहि होइन, मुलुक बलियो बनाउन पर्छ : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले गुटभन्दा पनि पार्टी र मुलुक बलियो बनाउन चाहेको बताएका छन्।आफ्नो निवास बोहराटारमा आफूनिकट नेताहरुको भेलामा उनले गुटभन्दा पनि पार्टी र मुलुक बलियो बनाउन चाहेको बताएका हुन्।

‘गुट–सुट होइन म नेपाली कांग्रेसलाई बलियो, मुलुकलाई बलियो बनाउन चाहन्छु,’ उनले भने, ‘सिस्टममाथि संकट आउनु भएन। मुलुकको विकास गर्ने मेरो लक्ष्य हो।’

भेलामा सहभागीले उनलाई आफूहरुको समूह कमजोर बनेको गुनासो गरेका थिए। सहभागी नेताहरुले नेता पौडेल र संस्थापन इतर समूहको नेतृत्व गरिरहेका नेता डा। शेखर कोइरालाबीचको सम्बन्धका बारेमा पनि जिज्ञासा गरेका थिए।जवाफमा नेता पौडेलले कोइराला समूहमा आफू र डा शशांक कोइराला नहुँदा रमाउनेलाई रमाउन दिन सुझाएका थिए।

‘रामचन्द्र र शशांक बाहिर पठाउँदा बाटो खाली भयो भनेर रमाउँछन् भने रमाउनुस्। आवश्यकता छ भनेर रमाउनेलाई पनि रमाउनु दिनुस्,’ पौडेलले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार