एकीकृत समाजवादीप्रतिको आकर्षण देखेर विरोधीहरु आत्तिएका छन् -माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीप्रति जनताको आकर्षण बढेको बताएका छन् । शुक्रबार अखिल नेपाल महिला संघ (समाजवादी)को काठमाडौं जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादीप्रति जनताको आकर्षण बढ्दा विरोधीको मानसिक सन्तुलन विग्रीएको बताएका हुन् ।

‘हाम्रो पार्टीप्रति बढेको आकर्षण देखेर विरोधीहरु आत्तिएका छन्, मानसिक सन्तुलन गुमाउन पुगेका छन्, आत्तिएर मन्त्री प्रेम आले र किसनकुमार श्रेष्ठ बालकोट पुगेको भनेर प्रचार गरे । हुँदै नभएको कुरामा हल्ला मच्चाउने गरेका छन् ती कुनै प्रचारमा सत्यता छैनन्’, अध्यक्ष नेपालको भनाइ छ । उनले एमाले परित्याग गर्ने लहर चलेको भन्दै देशभक्त पार्टीमा प्रवेश गर्ने महाअभियान सुरु भएको बताए ।

उनले लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गरेको पार्टी भएकाले निरंकुशताको विरोध र क्रान्तिकारी अडानमा उभिएकोले एमाले र आफ्नो पार्टीको भिन्नता नै त्यसैमा रहेको बताए ।

‘एमाले दक्षिणपन्थी भासमा भासिएको छ, हामी क्रान्तिकारी अडानमा उभिएका छौ । एमाले राष्ट्रिय आत्मसमर्पणवादी बाटोमा लागेको छ, हामी देशभक्तिपूर्ण अडानमा छौ, एमाले व्यक्तिवादमा चुर्लुम्म डुबेको छ, व्यक्तिवादी अहंकार त्यसका नेतामा छ, निरंकुश शैली अपनाउने गरेका छन्, हामी सामूहिकतामा विश्वास गर्छौ’, अध्यक्ष नेपालको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार