पीएनजीले दियो नेपाललाई २ सय ९३ रनको विशाल लक्ष्य

काठमाडौं । पुपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई जीतका लागि २ सय ९३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिलो ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९२ रन बनाएको हो ।

पीएनजीका लागि चाल्र्स अमिनीले सर्वाधिक ७७ रनको योगदान दिए । उनले यसक्रममा ६ चौका र १ छक्का हिर्काए । त्यस्तै, कप्तान असद भालाले ६० रन बनाउँदै राम्रो साथ दिए । ५५ बलको इनिङमा उनले ११ चौका हिर्काए ।

खेलको अन्त्यतिर नोरमान भानुआले विस्फोटक ब्याटिङ गर्दै २८ बलमा ४७ रन बनाए । उनले यस क्रममा ४ चौका र ३ छक्का हिर्काए । ओपनर टोनी उराले ३८ रन बनाए भने राइली हेकुरेले ३१ रनको योगदान दिए । नेपालका लागि दीपेन्द्रसिंह ऐरी सोमपाल कामी र कमल ऐरीले २–२ विकेट लिए । सन्दीप लामिछाने र पवन सर्राफले १–१ विकेट लिए । बलिङमा सोमपाल र लामिछाने महँगो साबित भए । उनीहरुले क्रमशः ८१ र ६२ रन खर्चिए ।
नेपालले केहिबेरमा ब्याटिङ गर्ने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार