चुनावमा भाग लिने विप्लवको प्रस्तावमा के भने नेताहरुले ?

काठमाडौं । विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक जारी छ । बैठकमा आज महासचिव विप्लवले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिन कार्यसूची तय भएको छ ।

चुनावमा भाग लिने विप्लवको प्रस्तावलाई बहुमत केन्द्रीय सदस्यहरूले अस्वीकार गरेका छन् । नेकपामा ६५ सदस्यीय केन्द्रीय कमिटी र चार सदस्यीय सल्लाहकार समिति छ । यीमध्ये ४० केन्द्रीय सदस्य र चार सल्लाहकार विप्लवले गरेको प्रस्तावको विपक्षमा उभिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

तर केन्द्रीय सदस्य अनील शर्मा विरही विप्लवको प्रस्ताव अल्पमतमा नपरेको दाबी गर्छन् । ‘सबै सदस्यले महासचिवले पेश गरेको राजनीतिक प्रस्तावमाथि आफ्ना धारणा राख्ने काम सकिएको छ ।

बैठकमा महासचिव विप्लवले स्थानीय तहको चुनाव उपयोग नीति, एमसिसी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक अवस्था, पार्टीको भावी रणनीतिसहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार