रविन्द्र शुभकामनासहित राप्रपामा जान दिनुपर्छ -मिलन पाण्डे

काठमाडौं । विवेकशील साझा पार्टीबाट निस्कासनमा परेका मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रलाई शुभकामनासहित राप्रपामा जान दिनुपर्ने बताएका छन्।पाण्डेले गत साउन ११ देखि आजसम्मका घटनालाई वैकल्पिक राजनीतिको इतिहासबाट हटाएर मिश्रलाई शुभकामनासहित राप्रपामा जान दिनुपर्ने बताएका छन्।

विवेकशील साझा र राप्रपाबीच एकीकरण हुन लागेका खबरहरू सञ्चार माध्यममा आइरहेका छन् भने अध्यक्ष मिश्रले भने यसमा खण्डन गरिसकेका छन्। विवेकशील साझाले पाण्डे पक्षका २६ जनलाई गत फागुनमा केन्द्रीय सदस्यबाट हटाइसकिएको छ। उनीहरूले विवेकशील साझा गठबन्धनबाट स्थानीय चुनाव लड्नेसमेत बताइसकेका छन्।पार्टीबाट निस्कासन हुनुअघि पाण्डे विवेकशील साझाका संयोजक थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार