नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान नपाउने

अब विदेशीहरुले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान नपाउने भएका छन् । अध्यागमन विभागले एक सूचना प्रकाशित गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक जाने उद्देश्यले नेपाल आगमन गर्न र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिटका रुपमा प्रयोग गरी अन्य गन्तव्य जान रोक लगाइएको जनाएको हो ।

विभागका निर्देशक झंकनाथ ढकालका अनुसार यो नियम १५ वैशाखबाट लागु हुने भएको छ । विदेशबाट नेपाललाई अन्तिम गन्तव्य बनाएर आउने र नेपालबाट विदेश जाने भने रोक लगाइएको छैन । पछिल्लो समय भारतबाट हुने अधिकांश उडानलाई विभिन्न मुलुकले प्रतिबन्ध लगाएका कारण भारतबाट नेपाल हुँदै तेस्रो मुलुक जानेको संख्या बढिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार