एमालेको साथ छाडेपछि दिपक मनाङे स्वतन्त्र सासंदको हैसियतमा

मनाङ्गबाट गण्डकी प्रदेश सभामा स्वतन्त्र उमेद्वार बनेर जितेका दीपक मनाङे भनेर चिनिने सांसद राजीव गुरुङले नेकपा एमालेकाे साथ छाडेका छन् ।

विजयी भएपछि लामाे समय सथप खान नपाएका उनी करिब २ बर्षपछि प्रदेश सभाकाे सपथ खाए लगत्तै नेकपा प्रवेश गरेका थिए । मनाङमा उनी एमाले कै समर्थनमा विजयी भएकाले प्रदेश सभामा पनि एमालेकै सांसदका रुपमा रहेका थिए ।

साेमबार पनि प्रदेश सभामा उनी अर्थात सत्तारुढ दल बस्ने राे मै बसेका थिए । साेमबार देखि सुरु विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासकाे प्रस्ताव टेबुल भएकाे छ । सांसद मनाङे साे प्रस्तावकाे विपक्षमा उभिने आँकलन सत्ता पक्षकाे थियाे ।

तर उनी संसद सचिवालयमा आफ्नाे स्वतन्त्र सांसदकाे हैसियत माग गर्दै संसदमा छुट्टै बस्ने सिटकाे माग गरेका छन् । यसले नयाँ तरँग ल्याएकाे छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार