नेपाल थाइल्याण्डसँग २–० ले पराजित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली थाइल्याण्डसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएको छ । आज भएको खेलमा नेपाल थाइल्याण्डसँग २–० ले पराजित भएको हो ।पहिलो हाफमा थाइल्याण्डलाई रोकेपनि दोस्रो हाफको अन्त्यतिर नेपालले दुई गोल खाएको हो ।

खेलमा नेपालका लागि प्रशान्त अवस्थीले सिनियर टोलीबाट डेब्यु गरे । उनी खेलको ७१ औं मिनेटमा दर्शन गुरुङको स्थानमा मैदान प्रवेश गरेका थिए । मौरिससविरुद्ध मैत्रीपूर्ण खेलका दौरान पहिलो पटक टोलीमा परेका उनले डेब्युको अवसर पाएका थिएनन् । थाइल्याण्डमा जारी खेलमा मैदान प्रवेश गर्दै उनी सातदोबाटो डेब्यु गर्ने तेस्रो खेलाडी बने । यसअघि मौरिससविरुद्ध मिडफिल्डरद्वय सुदीप गुरुङ र आकाश बुढामगरले डेब्यु गरेका थिए ।

नेपालले अब आइतबार थाइल्याण्डको चोनबुरी फुटबल क्लबसँग खेल्नेछ । उक्त खेल क्लबसँग रहेकाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको मान्यता पाउने छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार