अविश्वास पक्षधर सांसदलाई मुख्यमन्त्रीले चोर्ने भयंले रिसोर्टमा थुनियो

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश भएपछि फ्लोर क्रसको आशंकामा गण्डकी प्रदेश सभा प्रतिपक्ष दलका सांसदहरुलाई एउटै रिसोर्टमा राखिएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुलाई सोमबार साँझदेखि पोखराको लेकसाईड स्थित रिसोर्टमा राखिएको हो ।

एक जना सांसदले मात्र फ्लोर क्रस गरे वा अनुपस्थित भएपनि गुरुङ सरकार जोगिने सम्भावना भएकाले कसैलाई पनि दाया बाँया हुन नदिन एक साथ रिसोर्टमा राखिएको नेताहरुले बताएका छन् ।

कांग्रेस र माओवादी केन्द्रका सांसदहरु लेकसाइडस्थित कुटी रिसोर्टमा राखिएको छ भने जसपाका २ जना देशसभा सदस्यहरुलाई कुटी नजिकैको अर्को एक होटलमा राखिएको छ ।

उनीहरुलाई अविश्वासको पक्षमा मतदान नगरुन्जेलसम्म नै रिसोर्ट मै राखिने बताइएको छ ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य दीपक कोइरालाले अविश्वास प्रस्ताव अत्यधिक मतका साथ पारित गर्ने विषयमा छलफल गर्न एकै ठाउँ भेला भएको बताएका छन् ।

कांग्रेसका सांसदले फ्लोर क्रस गर्ने वा अनुपस्थित हुने सम्भावना नभएपनि माओवादी सांसदहरु शंकाको घेरामा छन् । खास गरेर माओवादीमा रामबहादुर थापा बादल पक्षधर भनिने सांसदहरुले फलोर क्रस गर्ने र अविश्वासको विपक्षमा मतदान गर्ने सम्भावना पनि उत्तिकै छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार