अमेरिकी पहिलो महिला विदेशमन्त्री म्याडेलिनको निधन

काठमाडौं । अमेरिकी पहिलो महिला विदेशमन्त्री म्याडेलिन अलब्राइटको निधन भएको छ । उनको ८४ वर्षको उमेरमा निधन भएको हो । उनको क्यान्सरबाट निधन भएको उनको परिवारले विज्ञप्ती मार्फत पुष्टि गरेको छ।

उनी राष्ट्रपति बिल क्लिन्टनको सरकारमा सन् १९९७ मा विदेशमन्त्री बनेकी थिइन्। उक्त पदमा उनी सन् २००१ सम्म रहिन्। ​ चेकोस्लोभाकियाकी नागरिक म्याडेलिन अमेरिकामा आप्रवासी भएर पनि उच्च तहमा पुग्ने महिला बनेकी थिइन्। उनी कुशल अमेरिकी प्रशासक थिइन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार