ओलीको निर्देशन : सार्वजनिक कार्यक्रममा ५ जना मात्र वक्ता राख्नू, खादामाला कम गर्नु

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा अधिकतम ५ जनालाई मात्र मञ्चमा राख्न र वक्ता बनाउन निर्देशन दिएका छन् ।

बिहीबार केन्द्रीय कमिटी बैठकको समापन गर्दै ओलीले सार्वजनिक कार्यक्रममा अधिकतम ५ जनालाई मात्र मञ्चमा राख्न र वक्ता बनाउन निर्देशन दिएका हुन् ।

स्राेतका अनुसार अधिकतम ५ जना मात्र बक्ता राख्न र उनीहरुलाई मात्र मञ्चमा राख्न, खादामाला कम गर्न समेत निर्देशन दिइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार