पर्यटन मन्त्री आले भारत प्रस्थान

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले भारतको एक दिने औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन्। भारतीय सरकार तथा विङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको कार्यक्रममा सहभागी हुनेछन् ।

विभिन्न राष्ट्रका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सहभागी हुने उक्त कार्यक्रममा मन्त्री आलेले नेपालको पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयनका क्षेत्रमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त कार्यक्रमको भोलि शुक्रबार उद्घाटन गर्ने कार्यक्रम छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार