महेन्द्रसिंह धोनीले छाडे चेन्नईको कप्तानी, नयाँ कप्तान जडेजा

काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीले चन्नई सुपरकिंग्सको कप्तानी छाडेका छन् । उनले कप्तानी छाडेसँगै रवीन्द्र जडेजाले आइपिएल २०२२ मा चेन्नई सुपरकिंग्सको कप्तानी गर्ने भएका छन् ।

यसअघि धोनीले सन् २००८ देखि चेन्नईको कप्तानी गर्दै आएका थिए। उनले आफूले कप्तानी त्याग गर्ने बिहीबार घोषणा गरेका हुन्। चेन्नईले धोनीले सिजनमा भने खेल्ने बताएको छ। धोनीले नेतृत्व हस्तान्तरण गर्न चाहेको पनि चेन्नईको भनाइ छ। धोनीको कप्तानीमा चेन्नईले गत वर्ष चौथो पटक आइपिएलको उपाधि जितेको थियो। सिजनको आइपिएलमा चेन्नईले आगामी शनिबार पहिलो खेल खेल्दैछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार