काठमाडाैंमा कारले स्कुटर र मोटरसाइकललाई ठक्कर दिंदा ६ जना घाइते

काठमाडाैं, बिहीबार दिउँसो साढे १ बजे कलंकीमा कारले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा चालकसहित ६ जना घाइते भएका छन् । महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका अनुसार कालीमाटीबाट कलंकीतर्फ आउँदै गरेको बा ५ च ५४४० नम्बरको कारले रोकिराखेको स्कुटर र गुडिरहेको २२० पल्सरको मोटरसाइकललाई ठक्कर दिँदा २ चालक र ४ पैदलयात्रु घाइते भएका हुन्।

घाइतेहरूलाई कलंकीस्थित सहिद मेमोरियलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कार चालकको भने बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको भने पहिचान खुलिसकेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार