प्रधानमन्त्री देउवा चैत्र भित्रै भारत भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा यहि चैत महिनाभित्र भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री देउवाको भारत भ्रमणको बारेमा परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासबीच समन्वय भइरहेको छ ।

भ्रमणका क्रममा रेल उद्घाटनका साथै दुई पक्षीय आपसी चासोका विषयमा भारतीय पक्षसँग छलफल हुनेछ । यसबारे आवश्यक तयारीका लागि दुई देशबीच छलफल चलिरहेको छ ।

चिनियाँ विदेश मन्त्री वाङ यी शुक्रबार नेपाल भ्रमणमा आउँदैछन् । उनको भ्रमण सकिएलगत्तै प्रधानमन्त्री देउवा भारत जान मिति तय हुने बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार