‘पिर’बाट उनीहरुको चित्त दुखोस् भन्ने नै थियो -प्रकाश सपुत

काठमाडौं । गायक प्रकाश सपुतले हालै आफूले सार्वजनिक गरेको गीत ‘पिर’ बाट समाजको एउटा तप्काको चित्त दुख्छ भन्ने आफूलाई पूर्व जानकारी रहेको र उनीहरुको चित्त दुखोस् नै भन्ने उद्देश्य रहेको बताएका छन् ।‘पिर’ गीतका सम्बन्धमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा गायक सपुतले आफ्नो गीत नेपाली समाजको प्रतिविम्ब रहेको बताए ।

उनले भने, ‘यो गीतले आम मानिसले बोलिरहेको समस्या, पासपोर्टको समस्या, एउटै कामले गुजारा गर्न नसकेर अलग अलग क्षेत्रमा प्रयास गर्दै आउनु परेको समस्या प्रदर्शन गर्न खोजेको हो, समाजलाई चित्रण गरेको छ यसले ।’

तर, गीतले अर्को तप्का (पूर्व लडाकुसहित) लाई पनि गीतका केही दृश्यले चित्त दुखेपछि आफूले त्यसमा सामान्य संशोधन गरेको उनले प्रस्ट पारे । उनले भने, ‘त्यो पात्र त पहिलादेखि नै पीडित छ, उसको चित्त दुखाउने उद्देश्य होइन तर उसको पनि चित्त दुखेपछि सोच्न बाध्य भएँ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार