कास्की अदालतमा तोडफोड गर्ने युवा पक्राउ

जिल्ला अदालत कास्कीमा बुधवार राति तोडफोड गरि चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।बुधबार राति अदालतको एक नम्बर इजलास कोठाको ढोकामा लगाएको ताला फोडेर इजलासको भित्र काठको टेबलमा रहेका कागजात यत्रतत्र छरिएको अवस्थामा भेटिएका थिए। चोरले इजलासका कागजात समेत चोरेको हुन सक्ने अनुमान गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव निरीक्षक सुन्दर तिवारीका अनुसार कास्कीको पोखरा महानगरपालिका–१५ टुटुङ्गाका २७ वर्षीय दावा भनिने अर्जुन परियारलाई पक्राउ गरिएको हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार